WA Notify गोपनीयता नीति

यो गोपनीयता नीति वासिङ्गटन राज्यको लागि आधिकारिक अनावरण सूचना प्रविधि, WA Notify (डब्लू.ए नोटफाइ) मा लागू हुन्छ। WA Notifyवासिङ्गटन राज्यको Department of Health (DOH, स्वास्थ्य विभाग) को निरीक्षण र अनुमोदनको साथमा सिर्जना गरिएको थियो।

हामी कस्तो जानकारी सङ्कलन र प्रयोग गर्छौ?

निम्न डाटा WA Notify मा सङ्कलन गर्न सकिन्छ:

  • WA Notify डाउनलोड वा सक्षम गर्ने।
  • अनावरण सूचना प्राप्त गर्ने।
  • प्रमाणीकरण कोड वा प्रमाणीकरण लिङ्क पेश गर्ने।
  • अन्य मानिसहरूलाई सूचित गर्न छनोट गरेका पोजिटिभ प्रयोगकर्ताहरूका लागि अनियमित कोडहरू अपलोड गर्ने।

वासिङ्गटन राज्यको Department of Health (DOH, स्वास्थ्य विभाग) ले WA Notify को प्रयोग कसरी गरिँदै छ भनी बुझ्नका लागि उपरोक्त घटना जानकारी प्रयोग गर्छ। यो डाटा Department of Health (DOH, स्वास्थ्य विभाग), जनस्वास्थ्य संस्था वा अधिकृत स्वास्थ्य प्राधिकरणहरूसँग साझा गर्न सकिन्छ। यो तथ्याङ्कीय वा वैज्ञानिक अनुसन्धान प्रयोजनहरूका लागि समग्र रूपमा प्रयोग गर्न पनि सकिन्छ। यो जानकारीमा कुनै पनि व्यक्तिगत वा स्थान जानकारी समावेश हुँदैन वा कुनै पनि WA Notify प्रयोगकर्ताको पहिचान गर्न प्रयोग गरिने छैन।

Google र Apple को आशयसँग पङ्क्तिबद्ध गर्नका लागि, WA Notify प्रयोगकर्ताको गोपनीयतालाई शीर्ष प्राथमिकताको रूपमा सुरक्षित गर्नका लागि डिजाइन गरिएको छ। WA Notify ले यी डाटाका तत्त्वहरू उत्पन्न गर्छ, जसमा तपाईंको पहिचान गर्न सक्ने निम्न जस्ता डाटा समावेश हुँदैन:

अनियमित कोडहरू

  • अनियमित कोडहरू WA Notify का प्रयोगकर्ताहरू एक-अर्काको नजिक हुँदा उनीहरूको स्मार्टफोनबीचमा ब्लुटूथमार्फत साझा गरिन्छ।
  • अनियमित कोडहरू तपाईंको स्मार्टफोनले उत्पन्न र भण्डारण गर्छ, WA Notify ले होइन।
  • अनियमित कोडहरू WA Notify र तपाईंको स्मार्टफोनलाई कोभिड-19 का सम्भावित अनावरणहरू जाँच गर्न अनुमति दिनका लागि मात्र प्रयोग गरिन्छ।
  • अनियमित कोडहरू बढीमा 14 दिनको लागि भण्डारण गरिन्छ।

प्रमाणीकरण कोड र लिङ्कहरू

  • तपाईंलाई कोभिड-19 परीक्षणमा पोजिटिभ देखिनुभयो र स्थानीय जनस्वास्थ्य प्राधिकरणबाट कोही व्यक्तिले तपाईंलाई सम्पर्क गर्‍यो भने, उनीहरूले तपाईं WA Notify प्रयोग गरिरहनुभएको छ कि छैन भनेर सोध्ने छन्। यदि तपाईंले प्रयोग गरिरहनुभएको छ भने, उनीहरूले तपाईंलाई WA Notify मा प्रविष्ट गर्नका लागि प्रमाणीकरण कोड वा लिङ्क प्रदान गर्ने छन्।
  • Department of Health (DOH, स्वास्थ्य विभाग) ले हालै कोभिड-19 परीक्षणमा पोजिटिभ देखिएका सबैजनालाई प्रमाणीकरण लिङ्कसहित पप-अप सूचना र/वा पाठ सन्देश पठाउँछ जसकारण WA Notify प्रयोगकर्ताहरूले अन्य प्रयोगकर्ताहरूलाई छिटो र अज्ञात रूपमा सम्भावित अनावरणको बारेमा सतर्क गराउन सक्छ।
    • सूचनामा ट्याप गर्नाले वा तपाईंंको प्रमाणीकरण लिङ्कमा क्लिक गर्नाले तपाईंका अनियमित कोडहरू साझा गर्न अनुमति मिल्छ जसकारण तपाईंको नजिक रहेका अन्य WA Notify प्रयोगकर्ताहरूलाई अनावृत भएको हुन सक्ने बारे अज्ञात रूपमा सतर्क गराइन्छ।
    • Department of Health (DOH, स्वास्थ्य विभाग) ले कोभिड-19 परीक्षणमा पोजिटिभ देखिएका सबैजनालाई प्रमाणीकरण लिङ्कसहित पाठ सन्देश पठाउँछ किनभने हामीलाई WA Notify कसले प्रयोग गर्छ भन्ने कुरा थाहा हुँदैन। तपाईलें WA Notify प्रयोग गरिरहनुभएको छैन भने, तपाईं पाठलाई बेवास्ता गर्न सक्नुहुन्छ।
    • अन्य WA Notify प्रयोगकर्ताहरूसँग अज्ञात रूपमा सतर्क गराउनका लागि सूचनामा ट्याप गर्ने वा प्रमाणीकरण लिङ्कमा क्लिक गर्ने वा नगर्ने तपाईं निर्णय हो।

प्रयोगका लगहरू

  • प्रायजसो कुनै पनि एप वा इन्टरनेट सेवाझैं, WA Notify ले तपाईंले सेवा प्रयोग गर्दा स्वचालित रूपमा लगहरू उत्पन्न गर्छ। यी लगहरूमा तपाईंको स्मार्टफोनका केही जानकारी समावेश हुन्छ। हामीले यो जानकारी WA Notify मा आउने समस्याहरूलाई समाधान गर्नका लागि प्रयोग गर्छौं ।
  • यी लगहरूमा अनियमित कोड वा प्रमाणीकरण लिङ्क अथवा कोडहरू समावेश हुँदैनन् र तपाईं वा तपाईंको स्मार्टफोनमा कुनै पनि प्रकारको कोड फेरि सम्बद्ध गर्नका लागि प्रयोग गर्न सकिँदैन।
  • यी लगहरू उत्पन्न गरिएको 14 दिनपछि स्वचालित रूपमा मेटाइन्छ।

विश्लेषणात्मक डाटा

  • तपाईंले अतिरिक्त विश्लेषणात्मक सक्षम गर्ने छनोट गर्नुभएमा, एपको सुधार गर्न मद्दत गर्नका लागि Department of Health (DOH, स्वास्थ्य विभाग) सँग सीमित समग्र डाटा साझा गरिने छ।
  • यो डाटामा एपको प्रयोग कसरी हुन्छ भन्नेबारे तथ्याङ्कहरू समावेश हुन्छन्। यसमा तपाईंको पहिचान गर्नका लागि प्रयोग गर्न सकिने कुनै पनि जानकारी समावेश हुँदैन।
  • तपाईं एपमा विश्लेषणात्मक साझेदारी अफ गरेर यो डाटा साझा नगर्नको लागि छनोट गर्न सक्नुहुन्छ।

डिजाइन गरिएअनुसार, WA Notify ले तपाईंको स्मार्टफोनबाट स्थानसम्बन्धी डाटा सङ्कलन गर्दैन र तपाईं वा तपाईंको स्मार्टफोनलाई अनियमित कोड वा प्रमाणीकरण कोडहरूमा सम्बद्ध हुने गरी जानकारी सङ्कलन वा साझा गर्दैन।

तपाईंले प्रमाणीकरण कोडको अनुरोध गर्दा के हुन्छ:

ओभर-दि-काउन्टर गृह कोभिड-19 परीक्षणमा पोजिटिभ देखिएका WA Notify प्रयोगकर्ताहरूले अन्य WA Notify प्रयोगकर्ताहरूलाई सम्भावित अनावरणको बारेमा अज्ञात रूपमा सतर्क गराउनका लागि WA Notify मा प्रमाणीकरण कोड अनुरोध गर्न सक्नुहुन्छ। प्रमाणीकरण कोड प्राप्त गर्नका लागि, WA Notify प्रयोगकर्ताहरूले आफ्नो पोजिटिभ परीक्षण नतिजा आएको मिति र आफ्नो मोबाइल फोन नम्बर प्रविष्ट गर्नुपर्छ। कोडको लागि अनुरोध गर्न प्रयोग गरिएको उही यन्त्र अन्य WA Notify प्रयोगकर्ताहरूलाई सम्भावित अनावरणको बारेमा अज्ञात रूपमा सतर्क गराउनका लागि प्रमाणीकरण कोड प्रविष्ट गर्न वा प्रमाणीकरण लिङ्कमा क्लिक गर्न प्रयोग गरिनुपर्छ।

समान परीक्षण नतिजाका समरूप रिपोर्टहरू हुन नदिनका लागि, WA Notify ले कोडको लागि अनुरोध गर्न प्रयोग गरिएको फोन नम्बरको क्रिप्टोग्राफिक रूपमा सुरक्षित संस्करण 90 दिनसम्मका लागि अस्थायी रूपमा भण्डार गर्छ। यो जानकारीमा कुनै पनि व्यक्तिगत वा स्थान जानकारी समावेश हुने छैन वा कुनै पनि WA Notify प्रयोगकर्ताको पहिचान गर्न प्रयोग गरिने छैन।

हामीले तपाईंको जानकारी कहिले साझा गर्छौं?

तपाईंले प्रमाणीकरण कोड प्रविष्ट गर्न वा प्रमाणीकरण लिङ्कमा क्लिक गर्न छनोट नगर्दासम्म, हामी स्वेच्छाले तपाईंको कुनै पनि जानकारी सङ्कलन गर्ने वा कसैलाई पनि साझा गर्ने काम गर्ने छैनौं। तपाईंले उक्त कार्य गर्न छनोट गर्नुभएमा, WA Notify ले तपाईंको स्मार्टफोनको नजिक भएका अन्य स्मार्टफोनहरूसँग तपाईंका अनियमित कोडहरू साझा गर्ने छ। तपाईंको स्मार्टफोनमा पहुँच नहुने कुनै व्यक्तिले तपाईंसँग प्रमाणीकरण कोड वा लिङ्क पुनः लिङ्क गर्न सक्दैन। कृपया WA Notify मा के-कस्तो जानकारी सङ्कलन र प्रयोग गरिन्छ भन्नेबारे थप जान्नका लागि यस पृष्ठको शीर्ष भागमा रहेको “हामीले के-कस्तो जानकारी सङ्कलन र प्रयोग गर्छौं?” खण्डको सन्दर्भ लिनुहोस्।

हामीले तपाईंको जानकारी कसरी सुरक्षित गर्छौं?

WA Notify ले Google र Apple को अनावरण सूचना प्रारुप प्रयोग गरेर अनियमित कोडहरू सुरक्षित गर्छ, जसमा तिनीहरूलाई कसरी इन्क्रिप्ट र ट्रान्सफर गर्ने भन्ने बारेमा एकदमै विशिष्ट आवश्यकताहरू समावेश हुन्छन्। WA Notify ले तपाईंका अनियमित कोडहरू भण्डार वा उत्पन्न गर्ने गर्दैन — तपाईंको स्मार्टफोनले गर्छ।

तपाईंको जानकारीमा तपाईंका अधिकारहरू

तपाईंको स्मार्टफोनमा पहुँच नभइकन प्रमाणीकरण कोड र एप्लिकेसन लगहरू तपाईंसँग सम्बद्ध गर्न नसकिने हुँदा, Department of Health (DOH, स्वास्थ्य विभाग) सँग यस जानकारीमा पहुँच गर्ने कुनै तरिका छैन। यसकारण, Department of Health (DOH, स्वास्थ्य विभाग) ले सुरक्षित रूपमा तपाईंलाई यो जानकारी उपलब्ध गराउन सक्दैन वा तपाईंको अनुरोधमा मेटाउन सक्दैन। तपाईंले WA Notify को प्रयोगलाई नियन्त्रण गर्नुहुन्छ। तपाईंको स्मार्टफोनले तपाईंलाई कुनै पनि समयमा अनावरणका सूचनाहरू अफ गर्न वा तपाईंको स्मार्टफोनमा भण्डार गरिएका अनावरण लगहरू मेट्न अनुमति दिनुपर्छ। यसका साथै, तपाईं कुनै पनि समयमा WA Notify को स्थापना हटाउन सक्नुहुन्छ। तपाईंले त्यसो गर्नुभयो भने, भण्डार गरिएका सबै अनियमित कोडहरू मेटिने छन्।